सुदूरपश्चिम

भागरथी हत्या प्रकरण : डिआईजी सुवेदी बैतडी जाँदै

इकागज | माघ २५, २०७७

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमकुमार सुवेदी बैतडीतर्फ हिँडेका छन् । सुवेदी आइतबार बिहान बैतडी प्रस्थान गरेका हुन् । 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी भट्ट बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेपछि डिआईजी सुवेदी सोतर्फ लागेका हुन् । 

‍जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीका अनुसार डिआइजी सुवेदीले बैतडी पुगेर उक्त घटनाको अनुसन्धानमा भइरहेको प्रगतीबारे बुझ्‍नेछन् । घटनाको नेपाल प्रहरीका एसएसपी जनक पाण्डेयसहित केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको टोलीले अनुसन्धान गरिरहेको छ । 


भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए । घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा अनुसन्धान भइरहेको उनले बताए । 
 

प्रहरीका एसएसपी र सीआईबीका डिएसपीको नेतृत्‍वमा छुट्टाछुट्टै छानबिन टोली

नवराज पनेरु | माघ २३, २०७७

धनगढी : बैतडीमा युवती मृत भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसप...