सुदूरपश्चिम

खैरो हिरोइनसहित तीन पक्राउ

इकागज | पुस २९, २०७७

कञ्चनपुर : प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका-१८ बाट एक र बेदकोट नगरपालिका-९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

बैतडी दशरथ नगरपालिका-४ घर भई हाल भीमदत्त नगरपालिका- १८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

यसैगरी बेदकोट नगरपालिका-९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यसैबीच लागुऔषध फेरागन मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका-३ का ४२ वर्षीय जयबहादुर धानुकलाई समेत प्रहरीले मङ्गलबारै पक्राउ गरेको छ । तीन वर्षअघिदेखि फरार रहेका धानुकलाई कञ्चनपुर जिल्ला अदालतले दुई महिना कैद र रु ८२ हजार जरिवाना सजाय तोकेको थियो । अदालतले जरिवान र सजाय तोकेपछि धानुक फरार रहँदै आएका थिए । घरमै लुकीछिपी बसेको बेला प्रहरीले पक्राउ गरेको हो । रासस

कांग्रेस र जसपासँग मिलेर सरकार बनाउने, नभए प्रदेश निलम्बन

नवराज पनेरु | पुस २६, २०७७

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा निलम्बन तयारी गरिरहेको सरकारकै एक मन्त्री खुलासा गरेका छ...

‘प्रधानमन्त्रीज्यू ! उत्ताउलाहरूको प्रदेशमा स्वागत छ’

नवराज पनेरु | पुस २४, २०७७

कैलाली :विवेकशिल साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धनगढीमा शान्तिपूर्ण विरोधसहित स्वागत गरेको...

धनगढी पुगे प्रधानमन्त्री ओली, स्वागत गर्न विमानस्थल गएनन् मुख्यमन्‍त्री

नवराज पनेरु | पुस २४, २०७७

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न धनगढी आइपुगेका छन् । नेकपा विभाजनपछि प्रधानमन्...

प्रधानमन्त्रीको सुरक्षाका लागि चोकचोकमा सुरक्षाकर्मी (फोटो फिचर)

इकागज | पुस २४, २०७७

सुदूरपश्चिम : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । आफ्नो गुटको सभामा...

ओली समूहद्वारा भीम रावलसहितका तीन नेतालाई कारबाही सिफारिस

नवराज पनेरु | पुस २३, २०७७

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश ई...