सुदूरपश्चिम

भीम रावलले भने- ओलीले जनतालाई धोका दिए

इकागज | पुस १२, २०७७

धनगढी : नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि विश्वासघात गरेको आरोप लगाएका छन् । धनगढी पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन् । 

जनतालाई धोका दिने र विश्वासघात गर्ने काम प्रधानमन्त्री ओलीबाट भएको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर देश र जनताप्रति गम्भीर घात गरेको रावलको आरोप थियो । 

ओलीले विगतदेखि नै स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न पनि बेवस्ता गरेको बताउँदै वर्तमान सरकारलाई काम गर्न दिइएन भन्नु लज्जासपद भएको प्रतिक्रिया दिए । बालुवाटारमा ओलीले पक्षले गरेको केन्द्रिय समितीको बैठक ओली गुटको भेला मात्रै भएको रावलको भनाई थियो । 

दिउँसो दाहालसँगै आन्दोलनमा, साँझ ओलीको क्याबिनेटमा मन्‍त्री

नवराज पनेरु | पुस ११, २०७७

धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्...

सुदूरपश्चिम सभामा दाहाल-नेपाल समूहसँग सुविधाजनक बहुमत

नवराज पनेरु | पुस ६, २०७७

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि...

कोरोनाले स्थानीय तहमा निषेधाज्ञा र शैक्षिक संस्था धमाधम बन्द हुँदै

इकागज | पुस ५, २०७७

महेन्द्रनगर : केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुर...

रेशम चौधरीको जन्मकैद फैसला सदर, छुटेका लक्ष्मणलाई पनि जन्मकैद

नवराज पनेरु | पुस ३, २०७७

कैलाली : टीकापुर घटनाका मुख्य योजनाकार भनिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्...