सुदूरपश्चिम

अपराध

फरार पाँच प्रतिवादी पक्राउ

इकागज | कात्तिक १४, २०७७

कञ्चनपुर : वन पैदावारसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय  जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

कञ्चनपुर जिल्ला अदालतको गत वर्ष असार २३ गतेको फैसलाअनुसार तीनै जनालाई दोषी ठहर गर्दै एक/एक महिना कैद र जनही रु १७ हजार ४०६ जरिवाना तोकिएको थियो । वारदात गरी विसं २०७५ कात्तिकदेखि तीनै जना फरार रहेका थिए । 
 
आवश्यक कारवाहीका लागि प्रहरीले तीनैजनालाई अदालतमा पेश गरेको जनाएको छ । यसैगरी लागूऔषधसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका लालझाडी गाउँपालिका-७ कञ्जका २१ वर्षीय हिरेन्द्र रानालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा रानालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । 

लागूऔषध मुद्दामै अदालतबाट दोषी ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय एकलव्य जोशीलाई समेत प्रहरीले राजपुर क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ । ‌(रासस)
 

भारतीयलाई नागरिकता दिलाएको ओरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

नवराज पनेरु | कात्तिक १४, २०७७

धनगढी : भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको ओरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । जिल्ला...

खुकुरी चुरोट बरामद

इकागज | कात्तिक १३, २०७७

कञ्‍चनपुर : सशस्त्र प्रहरीको टोलीले कञ्‍चनपुर जिल्लाको भिमदत्त नगरपालिका-९ स्थित सीमा इलाकाबाट कर...

कैलालीमा प्रहरी हत्या प्रकरण : प्रहरीद्वारा आरोपित ७ जना सार्वजनिक

नवराज पनेरु | कात्तिक ४, २०७७

धनगढी : प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका  सात जनालाई प्रहरीले...