सुदूरपश्चिम

सेनाको सैन्य दर्जाको परीक्षा दिन खोज्‍ने नक्कली परीक्षार्थी पक्राउ

इकागज | मंसिर १५, २०७७

कञ्चनपुर : नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका-४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

वास्तविक परीक्षार्थी बझाङ दुर्गाथली गाउँपालिका-४ का २२ वर्षीय मुकेश भण्डारीको सट्टामा परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी डोटी सायल गाउँपालिका-६ का २२ वर्षीय सुमन खड्कासमेत दुवैलाई पक्राउ गरी कानूनबमोजिम थप अनुसन्धान भइरहेको उनले बताए । (रासस)

कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

इकागज | मंसिर ७, २०७७

धनगढी : कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्...

वडाध्यक्ष मृत फेला

इकागज | मंसिर ५, २०७७

धनगढी : कञ्चनपुरमा शुक्रबार एक जना वडाध्यक्ष मृत फेला परेका छन् । जिल्लाको बेल्डाँडी गाउँपालिक...