सुदूरपश्चिम

कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ

इकागज | पुस २०, २०७७

कैलाली : गैँडाको खागसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बर्दागोरिया गाउँपालिका-४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले पक्राउ गरेको हो । 

संघीय प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पूर्वपश्‍चिम राजमार्गअन्तर्गत छतिवन सामुदायिक वन नजिकै ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्था खागसहित कठरियालाई पक्राउ गरेको हो । 

संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले सिभिलमा गएको समूहले सुखडबाट ४ किलोमिटर पूर्व सामुदायिक वन क्षेत्रमा गैडाको खाँगसहित कठरियालाई नियन्त्रणमा लिएको जानकारी दिए । कठरियालाई आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाउने तयारी भइरहेको उपाध्यायले बताए । 
 

सुदूरपश्चिममा सेना, प्रहरीकै रगतले जोगिन्‍छ स्थानीयवासीको ज्यान

इकागज | पुस १९, २०७७

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवा...

बर्खास्तमा परेपछि पूर्वमन्त्री बोहराले भने, ‘जगको ढुङ्गा निकाल्ने काम भयो’

नवराज पनेरु | पुस १७, २०७७

धनगढी : सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले आफूलाई विनाकारण मन्त्रीबाट हट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे ओली पक्षका मन्त्री

इकागज | पुस १४, २०७७

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खा...