सुदूरपश्चिम

नक्कली नेपाली नोटसहित दुई पक्राउ

इकागज | माघ १८, २०७७

कञ्चनपुर : सशस्त्र प्रहरीले बेलौरी नगरपालिका-८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका-१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्‍ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट हजार दरको पाँच , मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए । पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ । रासस

प्रधामन्त्रीलाई बहिष्कार, गुटका नेतालाई मुख्यमन्त्रीको स्वागत !

नवराज पनेरु | माघ १७, २०७७

धनगढी : पुस २४ गते आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधामन्त्री केपी शर्मा ओली धनगढ...

कैलाली र कञ्‍चनपुरमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्‍चालन

इकागज | माघ १६, २०७७

धनगढी : कैलाली र कञ्चनपुरमा जिल्ला निर्वाचन कार्यालय मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेका छन् ...

बझाङ हत्या प्रकरण : वडाध्यक्षसहित थप तीन जना पक्राउ, चैनपुर बजार बन्द

नवराज पनेरु | माघ १४, २०७७

धनगढी : बझाङमा मंगलबार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ परेका छन् । खुँडा प्रहार...