राजनीति

प्रधामन्त्रीलाई बहिष्कार, गुटका नेतालाई मुख्यमन्त्रीको स्वागत !

नवराज पनेरु |
माघ १७, २०७७ शनिबार १३:२१ बजे

धनगढी : पुस २४ गते आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधामन्त्री केपी शर्मा ओली धनगढी आए । तर उनको स्वागतका लागि प्रदेश सरकारको शून्य सहभागिता थियो ।

मुख्यमन्त्री त्रिलोचन भट्टसहित पाँच जनाको मन्त्रिपरिषदका् सदस्यले प्रधानमन्त्री ओलीको बहिष्कार गरे । उनीहरुमध्ये कोही पनि स्वागतका लागि धनगढी विमानस्थल पुगेनन् । मुख्यमन्त्री भट्टले भनेका थिए, ‘प्रधानमन्त्रीको धनगढी भ्रमणबारे औपचारिक जानकारी नै आएको छैन् । गुट भेलामा आएका प्रधानमन्त्रीलाई स्वागत गर्न सकिएन् ।’


तर गुट भेलाकै लागि धनगढी पुगेका नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई मुख्यमन्त्री भट्टसहितका मन्त्रीले धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।  नेकपा सुदूरपश्चिमका ईञ्चार्ज भीम रावलसंगै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र अन्य मन्त्रीहरु विमानस्थलमै पुगेर आफ्नो गुटका अध्यक्षद्धय दाहाल-नेपालको स्वागत गरेका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध शनिबार कैलालीको धनगढीमा आयोजना गरिएको विरोध सभालाइृ सम्बोधन गर्न दाहाल र नेपाल धनगढी आएका हुन् ।
 


Author

थप समाचार
x