सुदूरपश्चिम

शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

इकागज | फागुन २८, २०७७

डोटी : डोटीको जोरायल गाउँपालिका-२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्‍न मानेका छैनन् ।

घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्‍ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले शव परीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले नमूना काठमाडौँ पठाइएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले मृतक भट्टराईको हत्या आशङ्कामा अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै तथ्य फेला पार्न नसकेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा गरिएको शव परीक्षण रिपोर्टमा हत्याको कुनै कुरा उल्लेख नभएपछि अनुसन्धानमा समस्या भएको प्रहरी अधिकारीको भनाइ छ । मृतक शिक्षक भट्टराई बैतडीको पाटन नगरपालिका-१ सकार पलेटा निवासी हुन ।

उनले विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आएका थिए । मृतक भट्टराईका दाई उद्धव भट्टराईले घटनाको पूर्ण अनुसन्धान नभएसम्म शव नबुझ्‍ने बताउँदै आएका छन् । रासस

धनगढीमा एमालेका दुई समूहबीच विवाद, पार्टी कार्यालयमा प्रहरी परिचालन

इकागज | फागुन २६, २०७७

धनगढी : धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहबीच विवाद बढेको छ । बुधबार बिहान सुदूरपश्&...

लेखराजसँगै ओली समूहमा गएका प्रदेश सांसद जोशी दाहाल-नेपाल समूहमा फर्किए

इकागज | फागुन २४, २०७७

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशी दाहाल–नेपाल समूहमा फर्किएका छन् । उद्योगमन्त्री...

नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

इकागज | फागुन २३, २०७७

धनगढी : कञ्चनपुरमा शनिबार भएको प्रहरी जवानको परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । लोकसे...

धनगढीको फर्निचर उद्योगमा भएको आगलागी नियन्त्रणमा, करोडौंको क्षति

इकागज | फागुन २२, २०७७

धनगढी: धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भएको आगलागी साढे दुई घण्टापछि नियन्त्र...