सुदूरपश्चिम

मिनी बस दुर्घटना हुँदा १५ जना घाइते

इकागज | बैशाख ११, २०७८

कञ्चनपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चम्फापुर पोष्ट नजिक से १ ख ६२४ नम्बरको मिनी बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बसले साइड दिने क्रममा नियन्त्रण कायम गर्न नसक्दा सडक छेउमै पल्टीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । 

बसमा सवार घाइते १५ जनामध्ये ११ को शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिक र टि एण्ड सि हस्पिटलमा उपचार भैरहेको छ । 

बाँकी चारमध्ये तीन जनालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ भने एक जनाको महाकाली अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । बस चालक प्रकाश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

जनशक्ति नहुँदा आइसीयू र भेन्टिलेटर थन्किए, ज्यान गुमाउँदै कोभिड-१९ संक्रमित

नवराज पनेरु | बैशाख १०, २०७८

धनगढी : बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय कोभिड–१९ संक्रमित पुरुष  बिहीबारसम्...

धनगढीबाट खप्तड मालिका यातायातका अध्यक्ष र निवर्तमान अध्यक्षसहित ४ जना पक्राउ

इकागज | बैशाख ९, २०७८

धनगढी : खप्तड मालिका यातायात प्रालिका अध्यक्ष दिलबहादुर खलौला र पूर्वअध्यक्ष अनन्तराज जोशीसहित चार जना पक्...