सुदूरपश्चिम

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

इकागज | चैत १३, २०७७

कञ्चनपुर : अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्‍न भीमदत्त नगरपालिका-१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो ।

अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

यसैगरी बुधबार प्रहरीले कृष्णपुर नगरपालिका-५ सुदर्शनपुरस्थित वनदेवी सामुदाययिक वन छेउमा अन्दाजी ३० क्यूविक फिट सालका दुई गोलिया बरामद गरी सामुदायिक वनमा जिम्मा लगाएको थियो । रासस

सपना धनगढी अन्तराष्ट्रिय विमानस्थलको, तर स्तरोन्नतिमा ढिलाई !

नवराज पनेरु | चैत १३, २०७७

धनगढी : धनगढी विमानस्थलको स्तरोन्नतिमा ढिलाई हुन थालेको छ । विमानस्थल स्तरोन्नतिसम्बन्धी २० वर्षे गुर...

भागरथी प्रकरण : अभियुक्तले बयान फेरे, अब के हुन्छ ? को हुन् दिनेशले आरोप लगाएका कर्मचारी ?

नवराज पनेरु | चैत ११, २०७७

धनगढी : बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी बैतडीकी किशोरी भागरथी भट्ट प्रकरणमा अभियुक्तले पुर्प...

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त

इकागज | चैत १०, २०७७

धनगढी : बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ । मंगलबार बिहान...