सुदूरपश्चिम

सुदूरपश्चिममा मात्रै दुई सातामा २२७ संक्रमितको मृत्यु

इकागज | जेठ १, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड-१९बाट ज्यान गुमाउनेको संख्या तीन सय १७ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हालसम्म तीन सय १७ जनाको कोरोनाका कारण ज्यान गएको हो ।

बैशाख महिनामा मात्रै दुई सय ५९ जनाको ज्यान गएको निर्देशनायले जनाएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार बैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट एक सय नौ जनाको ज्यान गएको छ । पछिल्लो १४ दिनमा कोरोनाबाट दुई सय २७ जनाको ज्यान गएको छ ।

बैशाख १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना २६ गते १८ जना, २७ गते १७ जना, २८ गते ३१ जना, २९ गते १४ जना, ३० गते १७ जना र ३१ गते ३० जना संक्रमितको ज्यान गएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । बैशाख २७, २८, २९, ३० र ३१ गते मात्रै गरेर एक सय ९ जनाको ज्यान गएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको डाक्टरहरूको भनाई छ ।

सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार संकटमा, एमाले र जसपा सत्ता साझेदार !

नवराज पनेरु | बैशाख ३१, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको छ । केन्द्रमा प्रधानम...

डोटीमा १२ स्वास्थ्यकर्मीमा कोभिड, नागरिकलाई उपचार पाउन सकस

इकागज | बैशाख २९, २०७८

डोटी : कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण द...