सुदूरपश्चिम

सुदूरपश्‍चिमका तीन मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण

इकागज | जेठ १३, २०७८

धनगढी : नेकपा (एमाले) प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । केन्द्रको निर्णय उल्लंघन गरेको र पार्टी फुटाउन अग्रसर भएको भन्दै आज २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । उनीहरु तीनैजना नेपाल समूहका हुन् । बुधबार बसेको संसदीय दलको बैठकले बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकको निर्णलाई चुनौती दिँदै सरकारमा नै बस्ने निर्णय गरेको थियो ।

 

यो पनि

सुदूरपश्‍चिमका मन्त्री भन्छन् : अपराध गरेका छैनौँ, पार्टीले के आधारमा कारबाही गर्ने

 

सुदूरपश्‍चिमका मन्त्री भन्छन् : अपराध गरेका छैनौँ, पार्टीले के आधारमा कारबाही गर्ने

नवराज पनेरु | जेठ १२, २०७८

धनगढी : स्थायी कमिटीको निर्णय र प्रदेश कमिटीको निर्देशन विपरीत सुदूरपश्चिमको संसदीय दलले निर्णय गर...

कर्ण थापा भन्छन्, सुदूरपश्‍चिममा पार्टीको निर्णय नमान्‍नेलाई कारबाही गर्छौं

नवराज पनेरु | जेठ १२, २०७८

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले केन्द्रको निर्णय नमान्ने प्रदेश सांसदलाई क...

सुदूरपश्‍चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय

इकागज | जेठ १२, २०७८

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्‍द्र नेतृत्वको प्रदेश सरकारला...