सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कांग्रेसले पनि विश्वासको मत दिने

इकागज | जेठ २५, २०७८

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेपाली कांग्रेसले पनि समर्थन गर्ने भएको छ । कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई समर्थन गर्ने र आवश्यक परे विश्वासको मत दिने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलका सचेतक टेकबहादुर रैकाले जानकारी दिए ।

एमाले माधव पक्षका १७ जना सांसदले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री भट्टको पद सुरक्षित छ । माओवादीका १३ जना सांसद छन् । सरकारलाई बहुमतका लागि २७ जना सांसदको समर्थन चाहिन्छ । तर माओवादी र एमाले माधव पक्षका सांसद जोड्दा ३० पुग्छ ।

सोही कारण मुख्यमन्त्री भट्टको पद सुरक्षित देखिएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ । 

मुख्यमन्त्रीलाई विश्वासको मत दिने सुदूरपश्चिम एमाले संसदीय दलको निर्णय

इकागज | जेठ २५, २०७८

धनगढी : सुदूरपश्चिम एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने भएको छ । मंगल...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद सुरक्षित, एमाले माधव पक्षको समर्थन

नवराज पनेरु | जेठ २५, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदैछन् । प्रदेशको ठूल...

सुदूरपश्चिमका मन्त्री सोडारी र एमाले प्रदेश सचिव रावलबीच हात हालाहाल !

इकागज | जेठ २५, २०७८

धनगढी : एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास...

सुदूरपश्‍चिममा मुख्यमन्त्रीका विपक्षमा मतदान गर्न एमालेको निर्देशन

इकागज | जेठ २४, २०७८

धनगढी  : नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्‍चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले...

जोगिएला त माओवादी नेतृत्वको सुदूरपश्‍चिम सरकार ? यस्तो छ अंकगणित

नवराज पनेरु | जेठ २४, २०७८

धनगढी : माओवादी केन्द्रले नेतृत्व गर्दै आएको सुदूरपश्चिम प्रदेश सरकार जोगाउन र हटाउन कसरत सुरु भएक...

सत्ता टिकाउन रेशम चौधरी जेलमुक्त हुन्छन् भने न्याय खोज्न हामी कहाँ जाने ?

नवराज पनेरु | जेठ २३, २०७८

धनगढी : खाइलाग्दो ज्यान छ । उमेरले बुढ्योली लागेपनि उनको ज्यानमा वलिष्ठता छ । तर मनको पीडा उनलाई ...