सुदूरपश्चिम

आगोले जलेर घाइते लक्ष्मीको उपचार खर्च सरकारले बेहोर्ने

इकागज | जेठ १७, २०७८

काठमाडौँ : डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले विज्ञप्ति जारी गरी  घाइते महिलाको उपचार खर्च सरकारले बेहोर्ने बताएका हुन् । 

 आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । काठमाडौँको कीर्तिपुर अस्पतालमा लक्ष्मीको उपचार भइरहेको छ । 

 विभिन्न सघसंस्थाको पहलमा गाउँबाट उद्धार गरेर आइतबार दिपायलको सुजंग अस्पतालमा भर्ना गरिएकी भाटको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।  आफ्नै पसलमा सुतिरहेको अवस्थामा पहिचान नखुलेका व्यक्तिले मट्टितेल छर्केर आगो लगाएका थिए ।   

सुदूरपश्‍चिममा वित्तीय हस्तान्तरण: देउवाको गृह जिल्लामा कम, भट्टकोमा सबैभन्दा बढी

इकागज | जेठ १७, २०७८

धनगढी : आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि संघीय सरकारले सुदूरपश्चिम प्रदेशलाई १४ अर्ब ५८ करोड रु...

सुदूरपश्चिमका ६ मन्त्री र सचेतकलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश कमिटीको सिफारिस

इकागज | जेठ १७, २०७८

धनगढी : सुदूरपश्चिम सरकारमा शुक्रबार नियुक्त छ मन्त्री र एमाले संसदीय दलका सचेतकलाई पार्टीबाट निष्काशन ग...

सुदूरपश्चिमका ६ मन्त्रीले एमालेलाई बुझाएनन् स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने तयारी

नवराज पनेरु | जेठ १७, २०७८

धनगढी : सुदूरपश्चिम सरकारमा नेकपा एमालेकोतर्फबाट शुक्रबार नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्...

श्रीमानको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीद्वारा आत्महत्या

इकागज | जेठ १६, २०७८

धनगढी : कोभिडले श्रीमानको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छिन् । जिल्ला प्रह...