कैलालीमा पाँचौ पटक निषेधाज्ञा थप
धनगढी : कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । संक्रमण दरसँगै मृत्यु दर निरन्तर बढिरहेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी)ले पाँचौ पटक थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेसँगै निषेधाज्ञा पनि जारी गरेको हो । २० गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रूपमा बढ्दै गइरहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।