सुदूरपश्चिम

जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

इकागज | साउन २७, २०७८

कैलाली – भिममत्त राजमार्गको भासुभीर सडक खण्डमा भएको जीप दुर्घटनामादुई जनाको मृत्यु भएको छ । वुधबार दिउँसो चुरे गाउँपालिका–३ पंगाल भासुभीरमा धनगढीबाट डोटीतर्फ जादै गरेको प्रदेश न.३.०१.००२३ च ९०५९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा जीपमा सवार पाँच जना घाइते भएका थिए । ईलाका प्रहरी कार्यालय फल्टुडेबाट गएको प्रहरी टोलीले जीपमा सवार चालकसहित ५ जना घाइतेलाई उद्दार गरी उपचारको लागि धनगढी पठाएको थियो । 

उपचारका क्रममा डोटी जोरायल गाउँपालिका–एककी सात वर्षीय एलिसा खडका र चुरे गाउँपालिका– ६ आम्पानीकी २६ वर्षीय दुर्गा साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले डोटी जोरायल गाउँपालिका एकाका जीप चालक ३० वर्षीय रमेश खड्का, २८ वर्षीय निर्मला खड्का र चुरे गाउँपालिका ६ का पाँच वर्षीय सुनिल साउदको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
 

राना थारुले मनाए तीज

इकागज | साउन २७, २०७८

कैलाली –कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले बुधबार तीज पर्व मनाएका छन् । दिदी बि...

सुदूरपश्चिम सरकारको वार्षिक प्रगति समीक्षा बैठकमा पत्रकारलाई निषेध

इकागज | साउन २७, २०७८

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा बैठकमा पत्रकारलाई निषेध गरिएको छ । मुख्यमन्त्री...

सुदूरपश्चिमको अर्थतन्त्र : घरजग्गा कारोबार बढ्यो, औद्योगिक कर्जा २१.७१ प्रतिशत

इकागज | साउन २६, २०७८

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा प्रवाहित कुल कर्जामध्ये २१.७१ प्रतिशत औद्योगिक कर्जामा गएको तथ्यांकल...