सुदूरपश्चिम

६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ

इकागज | साउन २१, २०७८

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ । प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको छ ।  

प्रहरीले यो एक साताभित्र नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान, क.प्र.००२ ख ०१०९ बसमा राजस्व छली गरी अवैधरूपमा ल्याइएको रु तीन लाख २४ हजार १० र चितवनबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३-०१०२३ च ७१४२ नम्बरको जीपमा राजस्व छली ल्याइएको रु दुई लाख ८५७ बराबरको अवैध मालसमान बरामद गरेको थियो ।

दाङदेखि जाजरकोटसम्म रा१क ३७ नम्बरको मिनी ट्रकमा राजस्व छली अवैधरूपमा लैजाँदै गरेको रु तीन ९६ हजार, नेपालगञ्जदेखि सुर्खेतसम्म क.प्र.०२००१ ख ०३५१ नम्बरको ट्रकमा ल्याउँदै गरेको रु पाँच लाख ६८ हजार ३९९ को अवैध सिमेन्ट सरिया, नेपालगञ्जदेखि भे१ज ९४३ नम्बरको जीप र ना८ख १३७ नम्बरको फोर्स गाडीमा ल्याइएको रु सात लाख ६६ हजार ८० बराबरको अवैध मालसमान बराम गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । 

त्यस्तै काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना६ख ६३३८ नम्बरको बसबाट रु ४० लाख २६ हजारको अवैध मालसमान बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । 'हामीले बुधबारसम्म अवैधरूपमा कर छली गरेर ओसारपसार गरिएको कुल जम्मा रु ६८ लाख ३४ हजार ४७९ बराबरको अवैध मालसमान बरामद गरेका छौँ', उजले भने, 'त्यसमा संलग्न आठ सवारी चालकलाई पक्राउ गरी अनुसन्धान कार्य थालिएको छ ।' राज्यलाई कर छली गरी अवैध मालसमान ओसारपसार गर्नेलाई उच्च निगरानी राख्ने काम गरिएको उनले बताए । 

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अदालतको फैसला कार्यान्वयन अभियानअनुसार गएको सातासम्म २२ फरार प्रतिवादी पक्राउ गरेको बताए । उनका अनुसार पक्राउ पर्नेमा पाँच महिला र १७ पुरुष छन् । उनीहरुलाई २२ वर्ष आठ महिना २८ दिन कैद र रु ५९ हजार १०० जरिवाना तोकिएको छ । 

त्यस्तै लागूऔषध ब्राउन सुगरसहित १३ जनालाई पक्राउ र ६७ ग्राम ५१० मिलिग्राम लागूऔषध प्रहरीले बरामद गरेको छ । 'यो साताभित्र २९७ भााडाबर्तनसहित नौ हजार १६२ लिटर तयारी तथा १६ हजार १८ कच्चा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ,' उहाँले भन्नुभयो,  'दुई सय २० ग्राम गाँजा पनि बरामद गरिएको छ ।'

त्यस्तै सुर्खेत प्रहरीले जुवाखालबाट रु दुई लाख १४ हजार ९७० बरामद गर्नुका साथै एक महिलासहित आठ जुवाडेलाई पक्राउ गरेको छ । रु एक लाख २३ हजारको ६१.५ क्युफिट साल सिसौको काठसहित दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ । रासस

एमालेले सत्ताबाट बाहिरिएपछि पनि लालपूर्जाको लोभ देखाइरहेको छ  : साउद

इकागज | साउन २०, २०७८

कञ्चनपुर - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपा एमालेले सत्ताबाट बाहिरि...

जयसिंह धामी बेपत्ता प्रकरण : दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै

इकागज | साउन २०, २०७८

दार्चुला- जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । म...

आरक्ष पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग कुरा गर्छु : साउद

इकागज | साउन १९, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आरक्षपीडितका समस्या समाधान गर्न प्रधानमन्त्री शेरब...