सूचना-प्रवधि

यस्तो छ फेसबुक ल्याएको नयाँ 'स्मार्ट ग्लास'

इकागज | भदौ २६, २०७८

काठमाडौं- केही समय अघि फेसबुकका मालिक मार्क जुकरवर्गले रेबन कम्पनीसँग मिलेर 'स्मार्ट ग्लास' ल्याउने घोषणा गरेको थियो । यसलाई सार्थककता दिदैं गत बिहीबार विषेश कार्यक्रममा गरेर सार्वजनिक गरेको छ । स्मार्ट ग्लासको क्षेत्रमा फेसबुक र रेबनको यो  सहकार्य पहिलो हो । तर यसमा कतै पनि फेसबुकको लोगो भने देखिदैन। यसअघि गुगलले पनि स्मार्टग्लास ल्याएको थियो । गुगलको यो स्मार्टग्लास भने फ्लप भएको थियो । फेसबुकको स्मार्टग्लास कस्तो छ त? विषेश कार्यक्रम गरेर सार्वजनिक गरिएको फेसबुक र रेबनको यस स्मार्टग्लासबारे केही जानकारी राखौं ।

कस्तो छ त स्मार्टग्लास

साधारण रुपमा हेर्दा यो सामान्य चस्मा भन्दा केहि फरक देखिदैंन । चस्माका छेउमा भएको डन्डीमा अगाडी दुईओटा क्यामेरा देखिन्छ । जस्मा दुवै साइडमा ५ मेगा पिक्सलका क्यामेरा देखिन्छन् । यसमा केवल फोटो र भिडियो मात्र खिच्‍न मिल्ने देखिन्छ । ब्लुटुथको माध्यममा म्युजिक सुन्न समेत सकिने सुविधा छ । यसको प्रयोगले तपाईंले फोन उठाउने तथा सजिलै अगाडी भएको वस्तुहरुको तस्विर लिन सक्नुहुनेछ । साइडमा भएको डन्डी ट्यापिङ मार्फत यसको कन्ट्रोल गर्न सकिने छ । यसमा भएको क्यामेराले कम प्रकाशमा राम्रो फोटो खिच्‍न सकिने सुविधा रहेको छ । भ्वाइस कमान्डले समेत यसलाई कन्ट्रोल गर्न सकिन्छ । डाटा ब्याकअपका लागि मोबाइलमा भिउ एपको सहयोग लिन सकिने छ । भिउ एपको मार्फत तपाईंले सिधै फेसबुकमा पोस्ट गर्न सक्नुहन्छ ।

सार्वजनिक भएसँगै विवादीत

फेसबुकले रेबनको साथ मिलेर ल्याएको यस स्मार्टग्लासलाई लिएर केही संस्थाहरुले यस डिभाइस मार्फत फेसबुकले व्यक्तिगत गोपनियता हनन् गर्ने भन्दै यसको विरोध गरेको छन् । फेसबुकले अब मानिसका आँखाबाट समेत निगरानी गर्ने भन्दै यसको विरोध हुन थालेको छ ।

एप प्रयोगकर्ताहरूले टिकटकमा बढी समय बिताउने गरेको एक अध्ययनको निष्‍कर्ष

इकागज | भदौ २३, २०७८

काठमाडौं - एक अध्ययनका अनुसार बेलायत र अमेरिकाका एप प्रयोगकर्ताहरू टिकटकमा बढी समय बिताउने गरेक...