सूचना-प्रवधि

कोभिड प्रोटोकल पूरा नभए परीक्षा राेक्नु- प्रधानमन्त्री

इकागज | माघ ६, २०७८

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् । 

मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिएका छन् । 

क्षितिज लोहनी : जसले प्रतिष्ठित एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरे

इकागज | माघ ५, २०७८

न्युयोर्क- नेपालका क्षितिज राज लोहनीले आईफोनको नयाँ पुस्ताका लागि आईफोन डिजाइन गरेका छन् । लोहनी आईफोन...

ग्रामीण दुरसञ्चार परियोजनाअन्तर्गत ९६ प्रतिशत साइटमा ब्रोडब्याण्ड इन्टरनेट

इकागज | माघ ३, २०७८

काठमाडौँ - नेपाल दूरसंचार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन परियोजना अन्तर्गत&...