सूचना-प्रवधि

चिनियाँ मोबाइलको पाटपुर्जा र एप भारतले जाँच गर्ने

इकागज | कात्तिक ४, २०७८

काठमाडौँ- चीन र भारत सरकारको तनावको गत वर्ष २ सय २० भन्दा बढी चिनियाँ एप्स बन्द गरेको भारतले अब भने चिनियाँ फोन र त्यसमा पहिलै नै इन्स्टल भएको एपसमेत जाँच गर्ने भएको छ । गत वर्ष चीन र भारत तनाब चर्किंदा भारतले ठूलो संख्यामा चिनियाँ एपहरू  प्रतिबन्धित गरेको थियो ।

भारत सरकारले चिनियाँ स्मार्टफोन कम्पनीहरूलाई आफ्नो फोनमा प्रयोग हुने कम्पोनेन्ट र डाटाको बारेमा जानकारी दिन पत्रपठाएको छ । चिनियाँ स्मार्टफोन कम्पनीहरू भीभो, ओपो, साओमी र वनप्लसलाई पत्र पठाइसकेको छ । भारतीय मोबाइल बजारमा चिनियाँ कम्पनीहरुको ५० प्रतिशत भन्दा बढी बजार हिस्सा छ ।

भारत सरकारको भारतीय प्रयोगकर्ताको सुरक्षाको लागि यो कदम उठाएको जनाएको छ । प्रयोगकर्ताको डाटा सुरक्षाको लागि प्रि-इन्स्टल भएको एपको समेत एपको पनि जाँच गर्ने जनाएको छ ।

क्रिप्टोकरेन्सी माइनिङ गर्ने उद्योगलाई चीनले नकारात्मक सूचीमा राख्‍ने

इकागज | असोज २४, २०७८

काठमाडौँ- चीनले क्रिप्टोकरेन्सी माइनिङ गर्ने उद्योगलाई नकारात्मक सूचीमा राख्ने भएको छ। चीनले नकारात्मक सू...