सेयर बजारमा अस्थायी स्याचुरेसन

इकागज | पुस ६, २०७७

काठमाडौंः  सेयर बजार परिसूचक अस्थायी स्याचुरेसनको तहमा पुगेको देखिएको छ । नेपाल राष्ट्र बैंकको सेयर धितो कर्जामा कडाइ गर्ने नीति र राजनीतिक अनिश्चितताका कारण आइतबार करेक्सन भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार १.५७ प्रतिशत अर्थात् ३०.३३ अंकले बढेर १,९६५.९६ बिन्दूमा पुगेको छ । मंसीर १७ मा सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च २,०७१.०२ बिन्दूमा पुगेको थियो । त्यसयता बजार करेक्सन हुने र बढ्ने भैरहेको छ । बजार बढ्दा पनि मंसीर १७ मा बजारले कायम गरेको रेकर्डभन्दा तलै रहेर बढ्ने र करेक्सन हुने भएकाले सेयर बजार विश्लेषकहरूले यसलाई अस्थायी स्याचुरेसनको अवस्थाका रूपमा व्याख्या गरेका छन् । 

‘अहिलेको राजनीतिक अनिश्चितता, पुस मसान्तमा कर र बैंकको कर्जा भुक्तानी गर्नुपर्ने अनिवार्य दायित्वका कारण सेयर बजार परिसूचक मंसीर १७ को रेकर्डमा अस्थायी संतृप्तितर्फ डोरिएको छ,’ सेयर बजार विश्लेषक प्रकाश रजौरियाले भने, ‘बजारमा सेयर कारोबारको प्रवृत्तिमा कम्तीमा एउटा वा दुईओटा रेड क्याण्डल स्टीक बनेपछि बजार पुनः अगाडि बढ्छ ।’ 

आज सेयर बजारमा व्यापार, होटल र म्युचुअल फण्ड समूहका बाहेक सबै समूहका परिसूचकहरू धनात्मक देखिएका छन् । बैंकिङ्ग, विकास बैंक, जलविद्युत्, वित्त कम्पनी, जीवन र निर्जीवन बीमा, म्यानुफ्याक्चरिङ तथा प्रडक्सन, लघुवित्त तथा अन्य समूहका परिसूचक उकालो लागेको छ । आज एनआईसी एसिया बैंक, एनएमबी माइक्रो फाइनान्स, कालिका पावर कम्पनी लिमिटेड, शिवम् सिमेन्ट लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ । त्यस्तै नारायणी विकास बैंक, युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावरको सेयर करिब १० प्रतिशतको हाराहारीमा घटेको छ । 

सोमबार नेप्सेमा २०२ कम्पनीको ६ अर्ब ६९ करोड ८८ लाख रुपैँया मूल्यका एक करोड २३ लाख ८२ हजार चार सय ८२ कित्ता सेयर ६४ हजार नौसय ८३ कारोबारबाट किनबेच भएको छ ।
 

क्लाउड कम्पुटिङ्गमा लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमीबीच सहकार्य

इकागज | पुस १, २०७७

काठमाडौं : रोजगारीको सम्भावना रहेको क्षेत्र क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्ति उत्पादन गर्नकोलागी लर्ड बु...

जलविद्युत् बाहेक सबै उपसमूहका परिसूचक उकालो लागे, कारोबार रकम पनि वृध्दि

इकागज | मंसिर २९, २०७७

काठमाडौंः सेयर बजार सन्तुलित र नियमित रुपमा बढ्न थालेको छ । यो साताको दोस्रो कारोबार दिन सोमबार नेपा...