Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

४९.१७ अंकले बढ्यो नेप्से

विकास बैंक र होटल समूहबाहेक सबै समूहका परिसूचकमा हरियाली

इकागज | पुस १५, २०७७

काठमाडौंः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ४९.१७ अंक अर्थात् २.४४ प्रतिशतले बढेर २,०६२.०६ बिन्दूमा पुगेको छ । यो साता आइतबार र मंगलबार सेयर बजार करेक्सन भयो भने सोमबार र बुधबार (आज) बजार बढेको छ । 

धितोपत्र बोर्डले सेयर ब्रोकरको कमिसन शुक्रबार घटाएपछि ब्रोकहरूले अस्वभाविक प्रतिक्रिया जनाए । जसको कारण आइतबार बजार ३९.९ अंकले घटेको थियो । त्यसयता कारोबार रकम र कारोबार संख्यामा उल्लेख्य कमी आएकोमा बुधबार त्यो क्रम सुधार भएको छ । बुधबार होटल र विकास बैंक समूह बाहेक सबै समूहका परिसूचकमा हरियाली छाएको छ । कारोबार रकम र कारोबार संख्या पनि बढेको छ । 

आज साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । आज एकै दिन साल्ट ट्रेडिङको सेयर मूल्य एकै दिन ५१९ रुपैयाँले बढेर ५,७१० रुपैयाँ पुगेको छ । यसबाहेक नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, एभरेष्ट बैंक लिमिटेड, मल्टिपर्पोस फाइनान्स, शिवम् सिमेन्ट लगायतको सेयर मूल्य बढेको छ । 
ब्रोकरको कमिसन घटेपछि लगानीकर्ता उत्साहीत भएर सेयर किनबेच बढ्ने अनुमान गरिएकोमा अस्वभाविक रूपमा कारोबार संख्या नै घटेको थियो । बुधबार भने कारोबार रकम र कारोबार संख्या पनि बढेको छ । 

बुधबार नेप्सेमा २०८ कम्पनीका ४ अअर्ब ४४ करोड ६२ लाख रुपैयाँ मूल्यका ९९ लाख १० हजार तीन कित्ता सेयर ३९ हजार नौ सय ३५ वटा कारोबारमार्फत् किनबेच भएको छ । 

मिति

नेप्से परिसूचक

कारोबार

पुस १, बुधबार

२०५५.२२

५ अर्ब १४ करोड

पुस २, बिहीबार

२०३२.५१

६ अर्ब ७६ करोड

पुस ५, आइतबार

१९३५.६३

९ अर्ब ४ करोड

पुस ६, सोमबार

१९६५.९६

६ अर्ब ६९ करोड

पुस ७, मंगलबार

२०६१.४१

६ अर्ब ७४ करोड

पुस ८, बुधबार

२०६८.५६

६ अर्ब ८६ करोड

पुस ९, बिहीवार

२०३८.६३

५ अर्ब ३६ करोड

पुस १२, आइतबार

१९९८.६५

४ अर्ब ५९ करोड

 पुस १३, सोमबार

 २०१२.८९

  ४ अर्ब ९ करोड

 पुस १४, मंगलबार

 २००७.२९

  ३ अर्ब ८५ करोड

 पुस १५, बुधबार

 २,०६२.०६

  ४ अर्ब ४५ करोड

 

घटेको कमिशनले लोभिएनन् लगानीकर्ता, कारोबार निरन्तर ओरालो लाग्दै

इकागज | पुस १३, २०७७

काठमाडौं : आइतबारदेखि लगानीकर्ताले सेयर किनबेच गरेबापत तिर्नुपर्ने (ब्रोकर कमिशन) सेवा शुल्क ३३ प्रतिशत...

ब्रोकर कमिसन घट्यो

इकागज | पुस १०, २०७७

काठमाडौैं : पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । नेपाल स्टक एक्स्चेन्...