Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सिङ्गटी हाइड्रोमा स्थानीयवासीलाई सेयर हाल्ने समयावधि थप

इकागज | माघ २०, २०७७

चरीकोट : दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीका लागि जारी गरेको सेयर हाल्ने समयावधि थप गरेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोले प्रभावित क्षेत्रका स्थानीयवासीका लागि यही माघ ४ देखि माघ १८ गतेसम्म साधारण सेयर निष्कासन गरेको थियो । 

पहिलो चरणमा स्थानीयवासीले शेयर भर्नका लागि धेरै छुटेको भन्दै कम्पनीले आइतबारदेखि १५ दिनसम्म म्याद थप गरेको छ । प्रभावित क्षेत्र कालिन्चोक गाउँपालिका र विगु गाउँपालिकाका नागरिकले आगामी फागुन २ गतेसम्म शेयर आवेदन गर्नका लागि समय थप गरेको कम्पनीले जनाएको छ । प्रतिसाधारण सेयर १०० रुपैयाँ दरका १४ लाख ५० हजार कित्ता सेयर कम्पनीले निष्कासन गरेको थियो । स्थानीयवासीले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्म आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । 

यही माघ १८ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेकामा काठमाडौँलगायत विभिन्न क्षेत्रमा रहेकाले शेयर हाल्न छुटेको र कम्पनीले जारी गरेअनुसार आवेदन नपरेको हुँदा फागुन २ गतेसम्म आवेदन गर्न सकिने गरी समय थप गरेको हो । दोलखामा निर्माण भएको २५ मेगावाटको जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधरणका लागि कम्पनीको ३० प्रतिशत शेयर छुट्याएको छ । 
 

सेयर बजारमा पहिरो

इकागज | माघ १८, २०७७

काठमाडौँ :  पछिल्लो तीन सातादेखि लगातार बढीरहेको सेयर बजारमा यो साता पहिलो कारोबार दिन न...

इन्फ्रास्ट्रक्चरको आइपीओ भोलि बाँडफाँट : ५० कित्तासम्म सबैले पाउने, ६० कित्ताका लागि ‘लक्की ड्र' हुने

इकागज | माघ १५, २०७७

काठमाडौँ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) ५० कित्तासम्म आवेदन भर्ने सबैले...

नेपाल लाइफको सेयर मूल्य समायोजन, पहिलो कारोबारमै ७ प्रतिशतले बढ्यो मूल्‍य

इकागज | माघ १४, २०७७

काठमाडौं : लाभांश घोषणा गरेलगत्तै अत्यधिक किनबेच भइरहेको नेपाल लाइफ इन्‍स्योरेन्सको सेयर मूल्य...