मिर्मिरे लघुवित्तले ९.१९ प्रतिशत बोनस सेयर दिने, एफपिओ जारी गर्दै
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई ९ दशमलव १९ प्रतिशत बोनस सेयर दिने भएको छ । यो लघुवित्तको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजी ३९ करोड ६१ लाख ४६ हजार छ सय ४१ रुपैयाँको ९.१९९ प्रतिशत बोनस सेयर बाँड्न लागेको हो । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७६/०७७ को मुनाफाबाट ०.४८२९४३६३७ प्रतिशतले हुने नगद लाभांस १९ लाख १३ हजार १ सय ६५ रुपैयाँका लागि प्रस्ताव पारित गर्ने उल्लेख छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको थियो । सोही क्रममा स्वेडा लघुवित्त वित्तीय संस्थाका तत्कालीन संस्थापक शेयरधनीहरुले राखेको 'कल्स इन एडभान्स' रकमलाई संस्थापक शेयरधनीको चुक्ता पूँजीमा समायोजन गर्न प्रस्ताव गरेको छ । स्वेडा लघुवित्तलाई प्राप्ती पछि संस्थापक सेयर र सर्वसाधारण सेयरपूजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपिओ सेयर निष्काशन गर्ने प्रस्ताव छ ।