एक साता लगातार बढेको सेयर बजार २४ अंकले घट्यो

इकागज | चैत ९, २०७७

काठमाडौं : एक साता लगातार बढेको सेयर बजार नेप्से परिसूचक सोमबार २४ दशमलव ०८ अंकले घटेको छ । ० दशमलव ९५ प्रतिशतले घटेको नेप्से २५१४ दशमलव ३९ बिन्दुमा पुगेको हो । गत साता मंगलबारबाट नेप्से बढ्न थालेको थियो । सोमबार सेयर बजारमा गिरावट आए पनि अपर तामाकोशी र चन्द्रागिरी हिल्सको सेयर मूल्यमा उच्चतम् वृद्धि भएको छ ।

अपर तामाकोशीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको थियो । चन्द्रागिरीको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढ्यो । होटल र जलविद्युत समूहबाहेक सबै समूहको परिसूचक कमजोर छ । जलविद्युत समूहमा भने ४ दशमलव ७९ प्रतिशतको वृद्धि भएको छ ।

सोमबार सबैभन्दा बढी अपर तामाकोशीकै सेयर कारोबार भएको छ । ४६ करोड ९६ लाख रुपैयाँ बराबर किनबेच भएको यो कम्पनीको सेयर मूल्य ७२६ रुपैयाँ छ । दोस्रोमा नेपाल बंगलादेश बैंकको सेयर किनबेच बढी छ । ३१ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको यो बैंकको सेयर मुल्य प्रति कित्ता ३५३ रुपैयाँ छ ।

सोमबार सेयर कारोबार रकम ५ अर्ब ३५ करोड १३ लाख रुपैयाँ पुगेको छ । ६१ हजार ४ सय ८८ पटकको कारोबारमा एक करोड ९ लाख ३१ हजार ३ सय ५८ कित्ता सेयर किनबेच भएको छ ।  

निफ्राको स्पष्टीकरण : ८ प्रतिशत लाभांश प्रक्षेपण मात्रै हो, निर्णय भएको छैन

इकागज | चैत ८, २०७७

काठमाडौं : नेपाल इन्‍फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आफूले ८ प्रतिशत लाभांश बाँड्ने प्रक्षेपण मात्रै गरेको...

सेयर भाउ बढाउन लन्डन स्टक एक्सचेञ्‍जमा सूचीकृत हुने निफ्राको हल्लाबाजी

इकागज | चैत ४, २०७७

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयर मूल्य प्रभावित पार्ने गरी प्रचारबाजी गरेको भन्दै नेपा...

राष्ट्र बैंकले वित्तीय विवरण सच्याउन लगाएपछि सारथीको लाभांश संशोधन

इकागज | चैत ३, २०७७

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय विवरण सच्याउन लगाएपछि सारथी लघुवित्त वित्तीय संस्थाले आफ्‍नो ...