२३ अंकले बढ्यो नेप्से, कारोबार ४ अर्ब

इकागज | असार २४, २०७८

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक २३.७६ अंकले बढेको छ । नेप्से ०.८५ प्रतिशतले बढेर २८२४.८९ बिन्दुमा पुगेको हो । 

कारोबारमा आएकामध्ये ट्रेडिङ र अन्य समूहका परिसूचकबाहेक सबै समूहका परिसूचक बढेका छन् । बैंकिङ समूहको परिसूचक ०.९३ प्रतिशतले बढेको छ ।विकास बैंक र फाइनान्स समूहको परिसूचकमा अत्यधिक वृद्धि भएको छ । विकास बैंक समूहको परिसूचक २.१२ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक ३.०९ प्रतिशतले वृद्धि भएको छ ।

गह्वेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । ५१ हजार आठ सय ६८ पटकको कारोबारमा एक करोड ३१ लाख कित्ता सेयर किनबेच भएको छ । यसबीच चार अर्ब ८१ करोड रुपैयाँ सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । 

सुस्तायो सेयर बजार

इकागज | असार १४, २०७८

काठमाडौँ : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन, सोमबार सीमान्त ०.१८ प्र...