१८ अंकले खस्कियो नेप्से परिसूचक
काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक १८.५३ अंकले खस्किएको छ । ०.६९ प्रतिशतले घटेर नेप्से २६६२.५८ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ समूहमध्ये तीन समूहका परिसूचक मात्रै वृद्धि भएको छ । फाइनान्स, जीवन बीमा र म्युचुअल फन्ड समूहका परिसूचकमा वृद्धि भएको हो ।
सपार्ट माइक्रोफाइनान्स, मैलुङ खोला जलविद्युत्, जीवन विकास लघुवित्त र महिला लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सबैभन्दा ठूलो गिरावट शिवम सिमेन्टमा आएको छ । ५४ हजार एक सय २३ पटकको किनबेचमा चार अर्ब ४९ करोड रुपैयाँ बराबर सेयकर कारोबार भएको छ ।