Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर बजारमा ५० अंकको पहिरो

इकागज | भदौ १७, २०७८

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचकमा ५०.१३ अंकको पहिरो गएको छ । साताको कारोबार हुने अन्तिम दिन नेप्से १.६८ प्रतिशतले घटेर २९२६.८९ बिन्दुमा पुगेको हो । 

कारोबारमा आएका अधिकांश परिसूचक कमजोर छन् । विकास बैंक, जलविद्युत्‌  र फाइनान्स समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले घटेको छ । जीवन बीमा समूहको परिसूचक दुई प्रतिशतभन्दा बढी दरले घटेको छ । त्यसबाहेक अरु समूहका परिसूचक १ प्रतिशतभन्दा बढी दरले घटेका छन् । 

सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको सेयर मुल्यमा उच्च वृद्धि भएको छ । कुल सेयर कारोबार नौ अर्ब ५० करोड रुपैयाँमा सीमित छ । एक लाख पाँच हजार सात सय ७५ पटकको किनबेचमा एक करोड ८१ लाख कित्ता सेयर किनबेच भएको छ। अरुण भ्याली हाइड्रोपावरको ५७ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ । बजार पुँजीकरण ४० खर्ब ८९ अर्ब रुपैयाँ बराबर पुगेको छ । 

दुई दिन लगातार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन १७.५७ अंकले बढ्यो

इकागज | भदौ १०, २०७८

काठमाडौँ– यो साता लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन भ...

जाँदाजाँदै साउदले भने, 'अनुसन्धानमा सहयोग पुर्‍याउन राजीनामा दिएको छु' (पूर्णपाठ)

इकागज | भदौ ८, २०७८

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट चन्द्रसिंह साउदले अ...