मंगलबार ७८.८२ अंकले बढ्यो नेप्से
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ७८.८२ अंकले बढेर २७५१.०२ बिन्दुमा पुगेको छ । आज 'क' वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.५० अंकले बढेर ५१६.०८ बिन्दुमा पुगेको छ ।
मंगलबार २ सय २७ कम्पनीको सेयर ७२ हजार हजार ९ सय ७३ पटक किनबेच भएको थियो । १ करोड १४ लाख ८६ हजार १ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।