जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला

इकागज | असार ११, २०७८

काठमाडौँ : जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।

सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । रु १९ करोड ७७ लाख ३० हजार बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जयकुमार मण्डलले जानकारी दिए ।

उनका अनुसार प्रतिकित्ता रु एक सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ । त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी रहेका १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । सो शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरोशेयर एप (सफ्टवेयर)मार्फतसमेत आइपिओमा आवेदन दिन सकिनेछ । रासस

धितोपत्र बोर्डले नेप्सेलाई सोध्यो, ‘एसएमईजको छुट्टै इण्डेक्स बनाउने तयारी कहाँ पुग्यो ?

इकागज | असार १०, २०७८

काठमाडौँ : धितोपत्र बोर्डले दोस्रो बजारमा साना तथा मझौला कम्पनीहरूको सेयर कारोबारका लागि एसएमईज् ...

सेयरबजारमा प्रारम्भिक कारोबार मूल्य परिवर्तन सीमा २ प्रतिशत, न्यूनतम मूल्य १० पैसामात्र परिवर्तन हुने

इकागज | असार १०, २०७८

काठमाडौँ : पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली ...

लगातार खस्किरहेको सेयर बजारमा उच्च अंकवृद्धि : 'डेड क्याट बाउन्स' की 'रिकभरी' ?

इकागज | असार ८, २०७८

काठमाडौँ : एक साता लगातार खस्किरहेको सेयर बजारमा मंगलबार उच्च अंकको वृद्धि भएको छ । असार १ बाट लगाता...

जोखिमयुक्त कम्पनी घोषणा गर्ने धितोपत्र बोर्डको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

इकागज | असार ६, २०७८

काठमाडौँ : जोखिमयुक्त भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेको धितोपत्र बोर्डलाई सर्वोच्च अदालतले कारण देखा...