Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

बहुप्रतिक्षित चन्द्रागिरी हिल्सको आइपीओ खुल्यो

इकागज | पुस २४, २०७७

काठमाडौं : शुक्रबार चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आइपीओ)का लागि आवेदन खुलेको छ । कम्पनीले आफ्नो जारी पुँजीमध्ये १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणका निष्कासन गरेको हो ।

कम्पनीको जारी पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । जसमध्ये २ प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थायी बासिन्दाका बाँडिसकेको छ । १० प्रतिशत मध्ये ५ प्रतिशत सामुहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीका लागि पनि छुट्याएको कम्पनीले जानकारी दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमइ ग्रुप अफ कम्पनिजका अध्यक्ष रहेका चन्द्र ढकालको नेतृत्वमा यो कम्पनी छ। 

यसमा हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल, कल्याण गुरुङ, भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङ, कुमारकेशर विष्ट, डोलराज शर्मा, हाथवे इन्भेष्टमेन्ट नेपाल, सन्ध्या गुरुङ र उमा बिष्ट जिसी संस्थापक छन्।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको थियो। उनीहरुलाई कुल ३ लाख ६ हजार ८ सय १९ कित्ता सेयर दिइएको थियो। हिल्ससँग केबलकार र पाँच तारे होटल छ।

दिनदिनै रेकर्ड तोड्दै सेयर बजार, बिहीबारको कारोबारमा नयाँ कीर्तिमानी

इकागज | पुस २३, २०७७

काठमाडौं : लगातार बढेर नयाँ-नयाँ कीर्तिमानी बनाइरहेको सेयर बजार सूचक नेप्से बिहीबार पनि बढेको छ । अ...

सेयर बजारबारे फर्जी नामबाट हल्ला पिटेको दाबी, कारबाही गर्न ब्रोकरको निवेदन

इकागज | पुस २२, २०७७

काठमाडौं : सामाजिक सञ्‍जालमा फर्जी नामबाट सेयर बजारबारे अनावश्यक हल्ला पिटाउने प्रवृत्ति मौलाएकोमा ...