समाज

चार दशकपछि शुक्लाफाँटामा घडियाल पुनःस्थापन

इकागज | चैत ३, २०८०
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल आज एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधरी नदीमा छाडिएको हो ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् १९९० अघि चौधर नदीमा घडियाल रहे पनि त्यसपछि लोप भएका बताए । सङ्कटापन अवस्थामा रहेको घ...