समाज

प्रणय दिवसमा सौराहामा खाना महोत्सव

इकागज | माघ २८, २०८०
चितवन- पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर आजदेखि १८औँ सौराहा फुड फेस्टिबल सुरु भएको छ । विविध परिकार, मनोरञ्जनलगायत कार्यक्रम महोत्सव सुरु भएको हो । महोत्सवको चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले उद्घाटन गरे । त्यस अवसरमा उनले पर्यटन क्षेत्रको विकासमा राज्यले अझ लगानी बढाउनुपर्ने बताए । उनले भने, 'निकुञ्ज ऐन संशोधनका लागि मैले संसदमा आवाज उठाएको छु, यसलाई संशोधन गर्नुपर्छ ।' राज्...