समाज

आजदेखि ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

इकागज | माघ २६, २०८०
काठमाडौँ- अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे ।  विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि बिहान ८ देखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताए । 'हाल बिहान १० देखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि बिहा...