समाज

मोटरसाइकल चोरीमा संलग्न दुई जना काठमाडौँबाट पक्राउ

इकागज | भदौ १९, २०८०
काठमाडौँ- मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई काठमाडौँ महानगरपालिका-१६ बालाजुस्थित चप्पलकारखानाबाट मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  नुवाकोटको सुर्यगढी गाउँपालिका-२ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका-२ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घलेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  गत जेठ २ गते काठमाडौँको मनमैजुबाट बागम...