पर्यटन

पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि पर्यटन व्यवसायीको आग्रह

इकागज | बैशाख १२, २०८०

गण्डकी - पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गलाई भेटगरी पोखराबाट चीनका विभिन्न सहरमा सिधा उडान गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको हो ।

कोरला नाका छिटो खोल्न विशेष पहल गर्न पनि राजदूतसँग अनुरोध गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । भेटघाटमा पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिराज तिमल्सिना, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापति, ओभरसिज चाइनिज नेपाल एसोसिएसनका अध्यक्ष, सचिव लगायतको उपस्थिति थियो ।

पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउन पनि आफूहरू प्रतिबद्ध रहेको उक्त अवसरमा जानकारी गराइएको थियो ।

भक्तपुरमा पर्यटक आगमनबाट नौ महिनामा १३ करोड ४४ लाख शुल्क संकलन

इकागज | बैशाख ९, २०८०

भक्तपुर- कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो ए...

पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ

इकागज | बैशाख ५, २०८०

पोखरा- नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ ...

जुगल हिमश्रृंखलाअन्तर्गतका अन्य हिमाल पनि आरोहणका लागि खुल्ला

इकागज | बैशाख ३, २०८०

चौतारा । विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रिपर...

किन जाने गाेदावरीकाे वनस्पति उद्यान तथा अनुसन्धान केन्द्रमा

इकागज | बैशाख ३, २०८०

ललितपुर । गोदावरीको वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । उद्या...