विश्व

भारतमा दुई वटा बस ठोक्किँदा आठ जनाको मृत्यु

इकागज | साउन ९, २०७९

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा  करिब २० जना घाइते भएका छन् ।

तीन जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउको ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । 

दुवै बस बिहारबाट दिल्लीको यात्रामा थिए । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । चालकको लापरबाही, पुराना सवारी साधन र मर्मत सम्भार नगरिएका सडकलगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।

दक्षिणी जापानमा ज्वालामुखी विष्फोट : दर्जनौँ मानिसलाई घर छाड्न आग्रह

इकागज | साउन ९, २०७९

टोकियो- दक्षिणी जापानमा ज्वालामुखी विष्फोट भएपछि दर्जनौं मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । राष्...

क्यालिफोर्नियामा डढेलो, तीन हजार जनालाई सुरक्षित स्थलतर्फ सारियो

इकागज | साउन ९, २०७९

क्यालिफोर्निया- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा ...