निर्वस्त्र प्रिन्स ह्यारीले दिएको पाइन्ट बेच्दै रिचर्ट
काठमाडौँ – बेलायती प्रिन्स ह्यारी निर्वस्त्र हुँदै आफूलाई पाइन्ट दिएको दावी गर्ने पूर्व स्ट्रिपर (मनोरञ्जनका लागि लुगा फुकालेर नृत्य गर्ने) क्यारी रिचर्टले उक्त पाइन्ट बेच्ने भएकी छन् ।
रिचर्टले जनाए अनुसार सन् २०१२ को अगस्टमा उनी अमेरिकाको वायन लास भेगास होटलको स्वीमिङ पुलमा आयोजित पार्टी पुग्दा ड्युक अफ ससेक्स ह्यारी निर्वस्त्र रहेको तथा उनी गीतार बजाइरहेको बेलायती अनलाइन मिररले उल्लेख गरेको छ ।
रिचर्टले त्यतिबेला ह्यारी रमाइलो व्यक्ति भएपनि अहिले उनी निराशामा रहेकाे बताएकी छन् ।
त्यतिबेला निर्वस्त्र रहेका ह्यारीले एक अर्की महिलालाई अंगालो हालेको तस्विर विश्वव्यापी रुपमा चर्चित बनेको थियो ।
४३ वर्षीया रिचर्टले ह्यारीले दिएको उक्त पाइन्टसँगै उनले सो पार्टीमा लगाएको स्विमसुटलाई अक्सनमार्फत बेचेर करिब ८ लाख पाउन्ड संकलन गर्ने लक्ष्य राखेकी छन् ।