विश्व

यमनमा १२ हुथी विद्रोही मारिए

इकागज | पुस १४, २०७८

यमन- यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परेर कम्तीमा पनि १२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ ।उक्त सेनाले यमनको दक्षिणपश्चिमी क्षेत्र ताइजमा सो आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १२ जना विद्रोही मारिएका यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् ।

गत महिनादेखि यहाँ सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । सो संयुक्त सेनाले यहाँ सोमबार गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले बताएको छ ।यसअघि सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो । त्यस्तै हालैका केही दिनहरुमा पनि सेनाले सो कारबाहीलाई निरन्तरता दिएको बताइएको छ ।

मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ ।गत हप्ता मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० जनाभन्दा बढी हुथी मारिएका थिए ।मारिबबाट लखेटिइका हुथी विद्रोहीहरुले पछिल्लो समयमा ताइज प्रान्तमा अखाडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ । (सिन्हवा)

अमेरिकामा लक्षणविहीन कोभिड सङ्क्रमितले पाँच दिन मात्र ‘आइसोलेसन’ मा बसे पुग्‍ने

इकागज | पुस १४, २०७८

वासिङटन, संयुक्त राज्य अमेरिका - अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइ...

दिल्लीमा कोभिड सङ्क्रमण दर बढेपछि सावधानी अपनाउन नागरिकलाई सुझाव

इकागज | पुस १४, २०७८

नयाँ दिल्ली - भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि प्रशासनले सावधानीका लागि न...

विश्वका सबैभन्दा भ्रष्ट व्यक्ति बने बेलारूसका राष्ट्रपति लुकासेन्को

इकागज | पुस १३, २०७८

एजेन्सी - अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट ओसीसीआरपीले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकास...

मस्कको स्याटलाइट आफ्नो अन्तरिक्ष स्टेसनमा ठोकिन खोजेको भन्दै चीनले गुहार्‍याे राष्ट्रसंघ

इकागज | पुस १३, २०७८

एजेन्सी - अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्ककाे स्पेस एक्सको स्टारलिंक स्याटलाइट...

संयुक्त राष्ट्रसंघद्वारा संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आव्हान

इकागज | पुस १३, २०७८

काठमाडाैँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकत...

भारतमा थप दुई नयाँ खोप र चक्कीलाई कोभिडविरुद्ध प्रयोग गर्न अनुमति

इकागज | पुस १३, २०७८

काठमाडौँ - भारतले कोभिडविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्र्बिभ्याक्सलाई आपतकालीन प्रयोगक...