विश्व

२२ वर्ष कारागारको सजाय सुनाइएकी दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कले पाइन् माफी

इकागज | पुस ९, २०७८

दक्षिण कोरिया- दक्षिण कोरियामा भ्रष्टाचार अभियोगमा २२ वर्ष जेल सजाय सुनाइएकी पूर्वराष्ट्रपति पार्क गिउन हायलाई सरकारले माफी दिने घोषणा गरेको छ । पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेको अभियोगमा ६९ वर्षीया पार्कलाई सन् २०१८ मा त्यहाँको संसदले महाअभियोग लगाएको थियो । 

संसदले महाअभियोग लगाएपछि पदच्युत भएकी उनलाई अदालतकाे कठघरमा उभ्याइएकाे थियाे । महाअभियाेग लगाएर पदच्युत हुने उनी प्रजातान्त्रिक ढंगले निर्वाचित दक्षिण कोरियाकै पहिलो नेतृ हुन् । काँध तथा तल्लो कम्मरमा पीडा भएपछि यस वर्ष मात्र उनी तीन पटक अस्पताल भर्ना भएकी छिन् । 

राष्ट्रपति मुन जाय इनले नयाँ वर्षको अवसरमा माफी दिन तयार पारेको सूचीमा पूर्वराष्ट्रपति पार्कको नाम पनि रहेको त्यहाँको योनहाप समाचार संस्थाले जनाएको छ । उनको कमजोर स्वास्थ्य अवस्थाका कारण क्षमा दिने तयारी भएको समाचारमा जनाइएको छ । 

पार्कमाथि १८ आरोप लगाएको थियो । तीमध्ये १६ आरोपमा अदालतले पार्कलाई दोषी ठहर गरेको थियो । यसअघि राष्ट्रपति मुनले उनलाई पार्कलाई क्षमाको कुनै सम्भावना नभएको बताएका थिए । यस्तै, दक्षिण कोरियाकी पहिलो महिला प्रधानमन्त्री हान मायोङ सुकलाई पनि माफी दिइएको छ । एजेन्सी

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : राष्ट्रपति बाइडन

इकागज | पुस ९, २०७८

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भ...

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमाथिको आर्थिक प्रतिबन्ध खुकुलो बनाउने प्रस्ताव पारित

इकागज | पुस ९, २०७८

न्यूयोर्क,अमेरिका- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको प्रस्ताव २६१५ पा...

भारतमा सात हजार ४९५ जनालाई कोरोना, २३६ जनालाई ओमिक्रोन भेरियन्ट

इकागज | पुस ९, २०७८

भारत- भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले...

जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

इकागज | पुस ९, २०७८

टोकियो- जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्ष...

स्पेनको क्यातलोनियामा कोभिडको बढ्दो सङ्क्रमण नियन्त्रणका लागि पुन: निषेधाज्ञा आदेश जारी

इकागज | पुस ९, २०७८

मड्रिड- स्पेनको उत्तरपूर्वी क्षेत्र क्यातलोनियामा क्रिसमसको पूर्वसन्ध्यामा रात्रिकालिन निषेधाज्ञा आदेश जारी गर...