विश्व

आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ को मृत्यु

इकागज | पुस १०, २०७८

एजेन्सी - एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति शरणार्थी डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मृत्यु हुनेमा एक शिशु पनि रहेको ग्रीक सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

ग्रीसेली राष्ट्रिय समाचार संस्था एमएनएका अनुसार चार दिनको अन्तरालमा ग्रीक पानीमा भएको यो तेस्रो दुःखद् घटना हो । यसअघि ग्रीसको हेलेनिक कोष्ट गार्डले एजियन समुहको एन्टिकिथेरा टापुमा बिहीबार डुबिरहेको शरणार्थी र प्रवासी डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जनाएको थियो ।

उत्त घटनामा परी घाइते भएका ९० यात्रुको उद्धार गरिएको छ । ग्रीसका अधिकारीहरूले फोलेगान्ड्रोस टापु नजिकै गत बुधबार पनि एउटा डुङ्गा डुबेको थियो भने उक्त घटनामा तीन जनाको मृत्यु भएको र थियो । डुङ्गा दुर्घटनामा अन्य १३ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही मानिसहरू वेपत्ता भएका थिए । 

सन् २०१५ देखि शरणार्थी र आप्रवासीको आश्रयस्थलका रूपमा अग्रपङक्तिमा रहेको छ । विगत छ वर्षमा एजियन समुद्रमा सयौंको मृत्यु भएको छ । 

‘ग्रिक म्यारिटाइम अफेयर्स र इन्सुलर पोलिसी’ मन्त्रीले शनिबार इमेलमार्फत दिएको जानकारीमा भनिएको छ, “सन् २०२१ मा ग्रीसले एक हजार ४५० खोज तथा उद्धार अभियानमार्फत् २९ हजार भन्दा बढी मानिसहरूको उद्धार गरेको छ । सुरक्षाको आधारभूत स्तर अनुरूप नभएका डुंगाहरूमा अक्सर व्यापारीहरूले दर्जनौं गरीब तथा द्वन्द्वपिडित मानिसहरूलाई ओसारपसार गर्ने गरेका र यसका कारण बढी दुर्घटनाहरू भएका ग्रीसका अधिकारीहरूले बताएका छन् । रासस

महामारीका समय ‘जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

इकागज | पुस १०, २०७८

एजेन्सी - क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपत्का समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्न...

बङ्गलादेशमा डुङ्गा आगलागीमा परी ४० जनाको मृत्यु पुष्टि, दर्जनौँ घाइते

इकागज | पुस १०, २०७८

ढाका,बङ्गलादेश - बङ्गलादेशको दक्षिणी जिल्ला झालाकाथीमा शुक्रबार एक नदीमा खचाखच भरिएको डुङ्गामा आगल...

भारतको उच्च अदालतले भन्यो- ओमिक्रोन भेरियन्ट बढेकाले विधान सभा निर्वाचन स्थगित गर्नू

इकागज | पुस ९, २०७८

उत्तर प्रदेश- इलाहवाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक वैठक र ह्याली रोक्न तथा सन् २०२२ मा हुने उत्...