विश्व

बङ्गलादेशमा असुरक्षित चराहरूको सुरक्षार्थ ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध

इकागज | पुस १, २०७८

ढाका- बङ्गलादेशले सिकारीहरूबाट असुरक्षित वन्यजन्तु मार्ने क्रम नियन्त्रण गर्न ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध लगाएको छ । असुरक्षित वन्यजन्तुमा साइबेरियाबाट न्यानो हिउँदे हावापानीको खोजीमा बसाइँ सर्ने चराहरूको बथान पनि समावेश गरिएको छ ।

बङ्गलादेशमा तीन दशकभन्दा अघि वन्यजन्तुको सिकार गर्न अवैध गरिएको थियो तर पछिल्ला प्रक्षेपणहरूमा ‘न्युमेटिक’ हतियारहरू अझै पनि ग्रामीण गाउँहरूमा चरा तथा अन्य साना जनावरहरू सिकार गर्न प्रयोग गर्ने गरिएको देखिएपछि सरकारले एअर राइफलको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको हो । 

दक्षिण एसियाली देशमा लगभग एक दर्जन जंगली चराहरू लोप हुन लागेका छन् । चोरी शिकारी नियन्त्रण गर्न यहाँका सुरक्षा संयन्त्रहरूको प्रयास जीवन्त हुन सकेको छैन । खतरामा परेका चराहरू राजधानी ढाकाको सडकमा खुलेआम बेचिएका पाइन्छन् ।

वन विभागका प्रमुख मोला रेजाउल करीमले नयाँ आदेशबारे प्रतिउत्तरमा भने, “हामीले वन्यजन्तु र जंगली चरा सिकारीविरुद्धको अभियानको घोषणा गरेका छौँ । लोपुन्मुख वन्यजन्तु संरक्षणमा बङ्गलादेशको यो प्रयासमा ‘कोसेढुङ्गा’ सावित हुने विश्वास गरिएको छ ।” 

प्रत्येक वर्ष रूसबाट दक्षिणतिर बसाइँ सर्ने पंक्षीका बथानलगायत यस देशमा चराहरूको मृत्युको लागि हवाई राइफल जिम्मेवार भएको करीमले बताए ।

बङ्गलादेशमा ७०० भन्दा बढी प्रजातिका जंगली चराहरू बसोबास गर्छन् तर सिकार, जलवायु परिवर्तन र घट्दो जङ्गलहरूका कारण सुरक्षित आवासको ह्रास हुँदै जाँदा उनीहरूको अस्तित्व सङ्कटमा परेको छ ।

“एअर राइफल हाम्रो स्थानीय चराहरूको सुरक्षाका लागि सबैभन्दा बढी घातक मानिएका छन्,” बङ्गलादेशका प्रख्यात चरा विशेषज्ञ तथा लेखक शरिफ खानले बताए । 

“कुनै गाउँमा एउटा एअर राइफल छ भने सयौं मानिसहरूले यसको प्रयोग गरिरहेका छन् । यदि (कानुन) लागू भयो भने हामी हजारौं चराहरूलाई बचाउनेछौं,” उनले भने । (एएफपी) 

ओमिक्रोन भेरियन्ट सम्भवतः विश्वका धेरै देशमा पुगिसक्‍यो : डब्ल्यूएचओ

इकागज | पुस १, २०७८

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन  सम्भवतः विश्वका धेरैजसो दे...

दक्षिण अफ्रिकी अदालतद्वारा पूर्वराष्ट्रपति जुमालाई पुनः जेल फर्किन आदेश

इकागज | पुस १, २०७८

जोहानेसबर्ग- दक्षिण अफ्रिकाको एक अदालतले बुधबार पूर्वराष्ट्रपति याकोब जुमालाई जेल फिर्ता हुन आदेश दिएको ...

मलेसियामा डुङ्गा दुर्घटना हुँदा इन्डोनेसियाका ११ को मृत्यु, २७ बेपत्ता

इकागज | पुस १, २०७८

मलेसिया- मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।घटनामा परेका अरु २७ जना अझै ...

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बोस्टन र वासिंगटनको जनसंख्याभन्दा बढी

इकागज | मंसिर २९, २०७८

काठमाडौँ - अमेरिकामा कोभिडबाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ । यो संख्या अमेरिकी सहर बोस्टन र वासिंट...

डब्लूएचओ भन्छ– ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

इकागज | मंसिर २९, २०७८

काठमाडौँ - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंग...

दायाँ खुट्टाको शल्यक्रिया गर्नुपर्नेमा बायाँ खुट्टाको गरेपछि...

इकागज | मंसिर २९, २०७८

वासिंगटन- अस्ट्रेलियामा बिरामीको अर्को खुट्टाको शल्यक्रिया गर्ने एक चिकित्सकलाई दन्ड जरिवाना तोकिएको छ । द...

ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० को मृत्यु, २० हजार बढी विस्थापित

इकागज | मंसिर २९, २०७८

ब्राजिल- ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन्...