विश्व

अमेरिकी बेरोजगारदर आधा शताब्दी पहिलेको अवस्थामा पुगेको दाबी

इकागज | मंसिर २४, २०७८

वासिङटन- संयुक्त राज्य अमेरिकाको बेरोजगारी सहायताका लागि नयाँ दर्ता गत साता ह्वात्तै घट्को अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्क अनुसार यो वर्ष दोस्रो पटक सन् १९६९ देखि नदेखिएको स्तरमा बेरोजगारी दर घटेको पाइएको छ ।

गत हप्ता एक लाख ८४ नयाँ मौसमी समायोजन गरिएका दावाहरू आशा गरेभन्दा धेरै कम र अघिल्लो हप्ताको स्तरभन्दा ४३ हजारले कमी हो ।

यसले गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा छुट्टीको नजिकबाट नियालिएका तथ्याङ्कहरू सेप्टेम्बर ६, १९६९ को हप्तादेखि नदेखिएका स्तरमा पुगेको देखिएको छ । यो तीन हप्तामा दोस्रो पटक बेरोजगारी दर आधा शताब्दी पहिलेको उक्त वर्षभन्दा कम भएको छ ।

पैन्थियन म्याक्रोइकोनोमिक्सका इयान गोरसनले बेरोजगारी दरको पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्दै भनेका छन्, 'आगामी हप्ता बेरोजगारी दरमा थप सुधार हुने सम्भावना देखिन्छ किनकि अहिले बेरोजगारी दावा गर्दै निवेदन अह्वान गर्ने प्रवृत्ति द्रूत गतिमा घटिरहेको देखिन्छ । यसले श्रम बजारको अत्यधिक कडापन र सकल घरेलू उत्पादनको वृद्धिमा भएको वृद्धिलाई प्रतिबिम्बित गर्छ ।' 
'अरु विकल्प नपाएसम्म कम्पनीहरुले कर्मचारी लाई दिनु निकै जोखिमपूर्ण हुन्छ । किनकि पछि मानिसहरूलाई पुनः काममा लगाउन कठिन र खर्चिलो हुने छ ।'

उक्त तथ्याङ्कले सबै सरकारी कार्यक्रमहरूअन्तर्गत बेरोजगारी सहायता प्राप्त गर्ने मानिसहरूको संख्यामा तीन लाख ५० भन्दा बढीको कमी देखाएको छ जुन नोभेम्बर २० सम्ममा१९ लाखको हाराहारीमा थियो । (एएफपी)
 

अमेरिकामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्दि

इकागज | मंसिर २३, २०७८

वासिङ्टन- अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड-१९ सङ्क्रमणबाट दैनिक...

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको शुक्रबार अन्त्येष्टि गरिने

इकागज | मंसिर २३, २०७८

नयाँ दिल्ली- बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्...

खोप निर्मात कम्पनी फाइजर र वायो एनटेक भन्छन्- बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हुन्छ

इकागज | मंसिर २३, २०७८

न्युयोर्क- खोप निर्माता कम्पनी फाइजर र वायो एनटेकले आफूले उत्पादन गरेको कोभिड खोप कोरोनाको नयाँ भेरियन्...

श्रीलङ्काको क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु

इकागज | मंसिर २३, २०७८

कोलम्बो- श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ । &...

अमेरिकी राष्ट्रपति बाइडन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता

इकागज | मंसिर २३, २०७८

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छ...