विश्व

हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख रावतको निधन

इकागज | मंसिर २२, २०७८

काठमाडौँ - बुधबार दिउँसो भारतको तामिलनाडूमा भएको हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको छ । यससँगै उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको छ। दुर्घटनामा रावतसँगै उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको हो।

तमिलनाडूको जंगलमा बुधवार हेलिकोप्टर दुर्घटना हुँदा रावत तथा उनकी श्रीमतीसहित अन्य सैन्य अधिकारीको निधन भएको हो। हेलिकोप्टर दुर्घटनापछि रावतलाई अस्पताल भर्ना गरिएको थियो। अस्‍पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय एयर फोर्सले जनाएको छ। 

घना जंगलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका रावतसहितलाई उपचारका लागि अस्पताल लगिएको थियो। हेलिकोप्टरमा भारतीय रक्षा प्रमुख रावत र उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए। समाचार अनुसार अहिलेसम्म १४ मध्ये १३ जनाको ज्यान गएको हो।

ओमिक्रोनलाई अहिले प्रयोगमा आएकै खोपले काम गर्छ: डब्लूएचओ

इकागज | मंसिर २२, २०७८

न्युयोर्क- अहिले प्रयोगमा आइरहेका खेापहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य...

आम माफीबारे सरकारको निर्देशन नमान्नेलाई दण्ड दिइन्‍छ : तालिबान

इकागज | मंसिर २२, २०७८

काबुल, अफगानिस्तान- ह्युमन राइट्स वाचले हालै जारी गरेको रिपोर्टप्रति प्रतिक्रिया जनाउँदै तालिबानले आम मा...

राष्ट्रपति सीद्वारा चिनियाँ विशेषतासहितको समाजवादी कानूनको पालना गर्न आग्रह

इकागज | मंसिर २२, २०७८

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ विशेषतासहितको...