विश्व

हत्याको धम्कीपछि भाजपा नेता गौतमको निवासमा सुरक्षा बढाइयो

इकागज | मंसिर ९, २०७८

नयाँ दिल्ली- आइएसआइ कश्मीरले भारतीय जनता पार्टी (भाजपा) का नेता गौतम गम्भीरलाई हत्या गर्ने धम्की दिएको छ । पूर्वक्रिकेटरसमेत रहेका गौतमलाई कश्मीरमा सशस्त्र द्धन्द्ध मच्चाइरहेका आइएसआइका लडाकुले हत्या गर्ने धम्की दिएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

गौतमलाई सो समूहले मंगलबार राती एउटा इमेल पठाएर परिवार र उनलाई हत्या गर्ने चेतावनी दिएको थियो ।
 
धम्कीपछि उनले त्यसबारे सुरक्षाकर्मीलाई जानाकारी गराएका थिए । प्रहरीले उनको नयाँ दिल्लीस्थित निवासमा सुरक्षा सर्तकता कडा पारिएको छ । ४० वर्षीय गौतम भाजपाका केन्द्रीय सदस्य हुन् । उनी सन् २०१९ मा सम्पन्न लोक सभा निर्वाचनमा भाजपाका तर्फबाट निर्वाचित भएका थिए ।

आफूलाई राष्ट्रवादीको छवि बनाएका गौतम कश्मीरको अतिवादी गतिविधिको प्रखर आलोचक हुन् । दिल्ली प्रहरीका उपकमिसनर श्वेता चौहानले भनिन्, ‘गौतमाथि अतिवादीले दिएको धम्कीबारे हामीले अनुसन्धान गरिरहेका छौं । उनको निवासमा सुरक्षकर्मी परिचालन गरेका छौं ।’एजेन्सी

स्वीडेनकी यी पहिलो महिला प्रधानमन्त्री जसले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा

इकागज | मंसिर ९, २०७८

स्टकहोम - स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन् । ...

भेनेजुएलामा शान्तिपूर्ण निर्वाचन भयो : संयुक्त राष्ट्रसंघ

इकागज | मंसिर ९, २०७८

भेनेजुएला- संयुक्त राष्ट्रसंघले भेनेजुएलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ...

फ्रान्सबाट बेलायततर्फ जाँदै गरेको डुंगा समुद्रमा डुब्दा ३१ आप्रवासीको मृत्यु

इकागज | मंसिर ९, २०७८

लन्डन - फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्द...

तालिबानद्वारा काबुल नियन्त्रण गरेको १०० दिनभित्र २५७ सञ्चारमाध्यम बन्द

इकागज | मंसिर ९, २०७८

काबुल, अफगानिस्तान - अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण गरेको १०० दिनमा त्यहाँबाट प्रकाशन तथा प्रश...

अमेरिकासँग सम्बन्धको ‘नयाँ अध्याय’ खोल्न दोहा वार्ता हुने तालिबान समूहको भनाइ

इकागज | मंसिर ९, २०७८

काबुल - आगामी साता दोहामा संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबीच हुने वार्ताले अमेरिकासँगको ...