विश्व

अमेजनको जंगल एक वर्षमा १३ हजार वर्ग किलोमिटर विनाश

इकागज | मंसिर ३, २०७८

काठमाडौँ - ब्राजिलमा जंगल फडानी तीव्र रूपमा भइरहेको छ । अमेजनको जंगल फडानी १५ वर्ष यताकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन् । ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार ब्राजिलमा एक वर्षमा जंगल फडानी २२ प्रतिशतले बढेको छ ।

यसै साता सम्पन्न कोप सम्मेलनमा ब्राजिललगायत विभिन्न देशहरुले सन् २०३० सम्ममा वन फडानी रोक्ने प्रतिबद्धता जनाएका थिए । अमेजन करिव ३० लाख प्रजातिका वनस्पति र जनावर तथा १० लाख आदिवासी मानिसहरुको घर हो । 

पछिल्लो तथ्यांकअनुसार सन् २०२० देखि सन् २०२१ को अवधिमा अमेजनमा १३ हजार २३५ वर्ग किलोमिटर क्षेत्रको जंगल मासिएको छ । यो सन् २००६ पछिकै ठूलो वन विनाश हो । 

तथ्यांकले चुनौती दिएको र जगंल विनाश जस्तो अपराध रोक्न कठोर कानुन आवश्यक भएको त्यहाँका वातावरण मन्त्रीले बताएका छन् ।  तर, तथ्यांकले पछिल्लो महिना सरकारले गरेको पहललाई नसमेटेको उनले बताए । 

राष्ट्रपति जैन बोल्सोनारो सत्तामा पुगेपछि अमेजनको जंगल विनाशमा तीव्रता आएको विज्ञहरुले बताउँदै आएका छन् । बोल्सोनारोले जंगलमा कृषि र खानीजन्य गतिविधि सञ्चालन गर्न प्रोत्साहन दिँदै आएका छन् ।

एजेन्सी

टोंगामा आम चुनाव

इकागज | मंसिर ३, २०७८

सुभा- टोङ्गामा बिहीबार निर्वाचन सम्पन्न भएको छ जसमा दक्षिण प्रशान्त टापु राष्ट्रका २०० मतदान केन्द्रहरूमा कर...

अमेरिकी सैनिक अधिकारी भन्छन्- चीनले अमेरिकामाथि जुनसुकै बेला आणविक हमला गर्छ

इकागज | मंसिर २, २०७८

बेइजिङ- चीनले केही महिना अगाडि गरेको हाइपरसोनिक मिसाईल परीक्षण संसारभर पुगेको बताउँदै अमेरिकाका एक...

फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा र वर्तमान राष्ट्रपतिकी छोरी एउटै गठबन्धनमा

इकागज | मंसिर २, २०७८

मनिला- फिलिपिन्समा आगामी निर्वाचनका लागि पूर्वराष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्वसिनेटर फेर्डिन...

हिरासतमा रहेका कर्मचारीहरूलाई तुरुन्त रिहा गर्न गुटेरेसद्वारा आह्वान

इकागज | मंसिर २, २०७८

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चार दिनअघि इथियोपियामा पक्राउ परेका ...