विश्व

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ - म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ । गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाविरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो ।

उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ । उनीमाथि लगाइएको मुद्दाको सुनुवाई चार दिनपछि सुरु हुनेछ । 

३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौं मानिस पक्राउ परेका थिए । प्रदर्शनका क्रममा कम्तिमा एक हजार १७८ जना मारिएका थिए ।
 

हिन्द-प्रशान्त क्षेत्रमा चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच भयो यस्तो सहमति

इकागज | कात्तिक २६, २०७८

टोकियो- हिन्द-प्रशान्त  क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन् । प्रश...

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन

इकागज | कात्तिक २६, २०७८

जोहानेसबर्ग, दक्षिण अफ्रिका- दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको ८५ वर्षको उमेरमा बि...

जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसंघद्धारा स्वागत

इकागज | कात्तिक २६, २०७८

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत ग...