विश्व

अफगान सरकारद्धारा पोलियो खोप अभियान सुरु

इकागज | कात्तिक २४, २०७८

काबुल- अफगानिस्तानको सरकारले देशबाट पोलियो उन्मुलन गर्न बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको सुरुवात गरेको छ । अफगानिस्तानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले सोमबारबाट सो कार्यक्रमको सुरुवात गरेको यहाँका एक स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती अधिकारीले उक्त कार्यक्रमलाई देशव्यापी बनाइने जानकारी पनि गराएका छन् । 

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ बालकोष, युनिसेफको सहयोगमा यो कार्यक्रमको सुरुवात गरिएको बताइएको छ । सोमबारदेखि सुरु भएको यो कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ । यो अभियानले यहाँका पाँच वर्षमुनिका ९० लाखभन्दा बढी बालबालिकालाई लक्ष्य गरेको बताइएको छ अफगानिस्तानका कार्यबाहक जनस्वास्थ्य मन्त्री क्वाल्दार अबादले देशमा पोलियोको उन्मुलनका लागि यो अभियान सञ्चालन गरिएको बताए ।
 
अफगानिस्तानमा यसवर्ष मात्र कम्तीमा पनि ५६ जना पोलियो लागेका बालबालिका भेटिएका थिए । यहाँ पहिले पनि नेटो सैन्य सहयोगको सरकारले पोलियो खोप दिने कार्यक्रम पनि सुरुवात गरेको थियो । तर तालिबानहरुले विदेशी कार्यक्रम भनेर यसमा संलग्न हुने स्वास्थ्यकर्मीको हत्या गर्ने तथा आफ्ना बालबालिकालाई पोलियो थोपा नखुवाउन दबाब दिने गरेका थिए । (सिन्ह्वा)

म्यानमारका ३० लाख मानिसलाई 'जीवन जोगाउने' सहयोगको आवश्यकता : राष्ट्रसंघ

इकागज | कात्तिक २४, २०७८

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघले म्यानमारमा ३० लाख मानिसलाई जीवन जोगाउने सहयोगको आवश्यकता रहेको ज...

इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्धारा निन्दा

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ - इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ...

बेलारूसबाट अवैध ढंगले प्रवेश गरेका हजारौं आप्रावासी पोल्यान्डको सिमानामा रोकिए

इकागज | कात्तिक २३, २०७८

वार्सा - पोल्यान्डले आफ्नो देशतर्फ प्रवेश गर्न लागेका हजारौं आप्रावासीलाई रोकेको जनाएको छ । बेलारूसको पूर्...