विश्व

अमेरिकाले ५५ हजार बढी अफगान शरणार्थीहरूलाई पुनःस्थापना गर्ने

इकागज | कात्तिक ७, २०७८

वासिङ्टन - बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम योजना ल्याउन लागेको स्थानीय सञ्चार माध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । 

सैन्य शिविरबाट यति धेरै अफगानीहरूलाई स्थायी बसोबास गर्न ल्याउनु सन् १९८० पछिको पुनः स्थापना कार्यक्रममध्ये सबैभन्दा ठूलो कार्यक्रम भएको खामा प्रेसले उल्लेख गरेको छ । हाल, अफगानिस्तानमा अमेरिकाको पक्षमा काम गर्ने धेरै अफगानीहरू अमेरिकी सैनिक बेसहरूमा स्थापित शरणार्थी शिविरहरूमा बसोबास गरिरहेका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानीहरूसँग सम्बन्ध भएका दिदीबहिनी र अन्य व्यक्तिहरूलाई स्थायी बसोबासका लागि अनुमति दिन एउटा कार्यक्रम सुरु गर्ने निर्णय गरेका छन् । यसको उद्देश्य अमेरिकामा नयाँ जीवन सुरु गर्दा अफगानीहरूलाई उनीहरूको वस्ती र शहरमा आर्थिक सहयोग वा पुनर्वासका लागि मद्दत गर्नु हो । 

नयाँ पहल अनुसार, १८ वर्ष नाघेका पाँच जनाको समूहले अफगान परिवारका प्रायोजकहरूका लागि आवेदन दिन सक्छन् जसले अफगान परिवारलाई ९० दिनको लागि आर्थिक सहयोग गर्नेछन्, उनीहरूको प्रशिक्षण पूरा गर्नेछन् र परिवारको लागि योजना विकास गर्नेछन् । 

खामा प्रेसका अनुसार यदि प्रस्ताव स्वीकृत भयो भने, यस समूहले आवास प्राप्त गर्न, अमेरिकी सरकार मार्फत् उपलब्ध लाभहरू प्राप्त गर्न शरणार्थीहरूलाई सहयोग गर्ने जस्तै चिकित्सा सेवा र अन्य जिम्मेवारीहरूका साथसाथै विद्यालयमा बालबालिकालाई भर्ना गर्न सहयोग गर्ने जिम्मेवारी वहन गर्नेछ । एएनआई

नाइजेरियामा बन्दुकधारीले जेलमा आक्रमण गरी आठ सय बढी कैदी भगाए

इकागज | कात्तिक ७, २०७८

रासस-सिन्ह्वा- नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट आठ सय भन्दा बढी कैदी भगाए...

टर्कीका राष्ट्रपतिले गरे अमेरिकासहित १० देशका राजदूतलाई देश निकालाको घोषणा

इकागज | कात्तिक ७, २०७८

अंकारा - टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश नि...

महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ : माेदी

इकागज | कात्तिक ६, २०७८

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका ...